दमौली : कोरोना सङ्क्रमणबाट तनहुँका थप एकको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका निवासी पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।
शुक्लागण्डकी-५ निवासी ७२ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा सोमबार मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । ती पुरुषमा असोज १० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
यसैगरी सोमबार तनहुँका १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पॉच पुरुष र पॉच महिलामा सङ्क्रमण पुष्टि भएको हो ।