मुस्ताङमा क्यानको शाखा विस्तार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    मुस्ताङमा क्यानको शाखा विस्तार

    खबरपुञ्ज संवाददाता

    १८ आश्विन २०७८, सोमबार

    पोखरा : क्यान महासंघले ७२ औं जिल्ला शाखाको रुपमा गण्डकी प्रदेश अन्तर्गत मुस्ताङमा आफ्नो शाखा विस्तार गरेको छ। सुचना तथा सञ्चार प्रविधि क्षेत्रमा कार्यरत व्यक्ति तथा व्यवसायीको प्रथम जिल्ला भेलाले नारायण प्रसाद पौडेलको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति गठन गरेको हो।

    समितिको उपाध्यक्षमा सुजिता थकाली, सचिवमा अमृत सुवेदी, कोषाध्यक्षमा लक्ष्मण ढकाल, सहसचिवमा निरज गौचन र सदस्यहरुमा अमर घताने र राजु सुनच्यौरी रहेका छन् ।

    कार्यसमितिको पहिलो बैठकले य गोविन्द सुनार र कर्ण बहादुर थकालीलाई कार्य समिति सदस्यमा र जनकल्याण आमाविका प्रधानाध्यापक राम कुमार शर्मालाइ सल्लाहकारमा मनोनित गरेको छ।

    क्यान महासंघका केन्द्रीय अध्यक्ष नवराज कुँवरको प्रमुख आतिथ्यता, महासचिव य नारायण थापा, गण्डकी प्रदेश समितिका सचिव केशवराज भट्टराई, म्याग्दी जिल्ला अध्यक्ष बामदेव रिजाल तथा जनकल्याण आमाविका प्रधानाध्यापक राम कुमार शर्माको उपस्थितिमा मुस्ताङमा क्यान महासंघ विस्तार भएको हो।