काठमाडौ: श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानले वैदेशिक रोजगारमा जाने नेपालीलाई दुख नदिन आग्रह गरेका छन् । एकीकृत वैदेशिक रोजगार व्यवसायी महासंघका सदस्यहरुसँग सोमबार मन्त्रालयमा भेटघाट गर्दै मन्त्री श्रेष्ठले रोजगारमा जानेलाई दुख दिने र ठगी गर्ने काम नगर्न चेतावनी दिएका हुन् ।
गलत काम गरे पानी मुनि गएपनि नछाड्ने मन्त्री श्रेष्ठले बताए । “वैदेशिक रोजगारमा देखिएका विकृति विसङ्गति अन्त्यका लागि कार्ययोजना बनाएर अगाडी बढ्छु,” मन्त्री श्रेष्ठले भने ।