चितुवाको आक्रमणबाट बन्दिपुरमा ९ वर्षीया बालिकाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    चितुवाको आक्रमणबाट बन्दिपुरमा ९ वर्षीया बालिकाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २४ आश्विन २०७८, सोमबार

    दमाैली : चितुवाको आक्रमणबाट तनहुँको बन्दिपुर गाउँपालिका निवासी ९ वर्षीया बालिकाको साेमबार साँझ मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दिपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङ निवासी स्वीकृति थापा मगर रहेकी छन् ।

    छिमेकमा मासु लिन जाने क्रममा बालिकालाई चितुवाले आक्रमण गरेको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । बालिकको शव घरभन्दा तल जङ्गलमा फेला परेको छ ।

    लामो समयसम्म चितुवाको आक्रमण रोकिएको तनहुँमा चितुवा आक्रमण भएपछि स्थानीयवासी त्रसित भएका छन् । तनहुँमा पछिल्लो समय बालबालिका चितुवाको निशानामा पर्ने गरेका छन् । विसं २०७४ फागुन यता चितुवाको आक्रमणबाट एघार बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाका आहारा प्रजाति मृग, बँदेल, खरायो, वन कुखुरा आदि वनमा लोप हुँदै गएपछि चितुवा बस्तीमा प्रवेश गरी बालबालिकामाथि आक्रमण गर्न थालेको डिभिजन वन कार्यालयले जनाएको छ ।