दमाैली : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)को प्रमुख स्वकीय सचिवमा भानु नगरपालिका–६ का जगतबहादुर खड्का नियुक्त भएका छन् । मन्त्री श्रेष्ठले सोमबार खड्कालाई प्रमुख स्वकीय सचिवमा नियुक्त गरेका हुन् ।
तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएदेखि नै खड्काले श्रेष्ठका स्वकीय सचिवको जिम्मेवारी सम्हाल्दै आएका छन् । खड्काले बिना पूर्वाग्रह अनुशासनमा रहेर मन्त्री श्रेष्ठको प्रतिष्ठालाई उचो राख्ने गरी कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्ने बताए ।