अनेरास्ववियु गण्डकीको अध्यक्षमा पौडेल र सचिवमा पोखरेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    अनेरास्ववियु गण्डकीको अध्यक्षमा पौडेल र सचिवमा पोखरेल

    खबरपुञ्ज संवाददाता

    २४ आश्विन २०७८, सोमबार

    दमौली : नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको पदाधिकारी बैठकले जिम्मेवारी बॉडफॉड गरेको छ । अनेरास्ववियुले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा प्रकाश पौडेल र सचिवमा आरके पोखरेललाई जिम्मेवारी दिएको हो ।

    निम्न परिवारमा जन्मिएका पोखरेल सानै उमेरदेखि नै कलम र तारा अंकित झण्डा बोकेर आन्दोलनमा होमिएका थिए । सानैदेखि विद्यार्थी हक अधिकारका निम्ति लागेका पोख्रेल अनेरास्ववियु तनहुँ जिल्ला सदस्य, सचिवालय सदस्य सचिव हुँदै अध्यक्ष समेत कुशलतापुर्वक निर्वाह गरेका व्यक्ति हुन्। उनले गण्डकी प्रदेश सरकारका पूर्व अर्थमन्त्री किरण गुरुङको प्रमुख स्वकीय सचिव रहेर समेत काम गरेका थिए ।

    अनेरास्ववियुको केही समय अगाडी मात्रै सम्पन्न बैठकले पोखरेललाई सचिवालयको जिम्मेवारी दिएको थियो।

    पौडेल खरो र लडाकु नेताको रुपमा परिचित छन् भने पोखरेललाई कुल नेताको रुपमा चिनिन्छ ।