मुगु बस दुर्घटना : मृतकको संख्या २५ पुग्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मुगु बस दुर्घटना : मृतकको संख्या २५ पुग्यो

    खबरपुञ्ज संवाददाता

    २६ आश्विन २०७८, मंगलवार

    काठमाडौ: बस दुर्घटनामा मृत्यु हुनेको संख्या २५ पुगेको छ। यसअघि घटनास्थलमै २१ जनाको मृत्यु भएकोमा उद्धारका क्रममा थप चारजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक जनक धामीले जानकारी दिए।

    घाइते १४ जनाको उद्धार कार्य जारी छ। उनीहरूको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ।