मुगु बस दुर्घटना : मृतकको सङ्ख्या ३२ पुग्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • कर्णाली

    मुगु बस दुर्घटना : मृतकको सङ्ख्या ३२ पुग्यो

    खबरपुञ्ज संवाददाता

    २६ आश्विन २०७८, मंगलवार

    काठमाडौ : मुगुमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३२ पुगेको छ। २४ जना घटनास्थलमा र अरू थप चार जनालाई एयरपोर्ट पुर्‍याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रमुख जिल्लाअधिकारी रोमबहादुर महतले जानकनरी दिएका छन्। 

    थप चार जनाको उपचारको क्रममा मृत्यु भएको उनले जानकारी दिएका छन्। 

    प्रजिअ महतका अनुसार घाइते १६ जनालाई उपचारका लागि नेपालगञ्‍ज र कोहलपुर पठाएको बताइएको छ। एक जना बालकको जिल्ला अस्पताल मुगुमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

    बाँकेको नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो १ बजेतिर दुर्घटना भएको हो।

    तीन जना गाडीबाट हाम फालेको र २ जना दुर्घटना हुनुभन्दा केही समय अघि ओर्लिएको प्रहरीले बताएको छ। 

    प्रहरी चेकपोष्टमा टिपाएको विवरण अनुसार गाडीमा ४३ जना यात्रु सवार रहेको पाइएको छ। तर बाटोमा सवारी थपिएका कारण गाडीमा कति यात्रु थिए भन्ने यकिन भएको छैन।