व्यक्तिगत लगानीमा डेढ लाख खर्चेर चङ्खे पिङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यक्तिगत लगानीमा डेढ लाख खर्चेर चङ्खे पिङ

    विवि श्रेष्ठ

    २६ आश्विन २०७८, बुधबार

    दमाैली : तनहुँको व्यास नगरपालिका–५ भुपटोलमा व्यक्तिगत लगानीमा चङ्खे पिङ हालिएको छ । धर्म, सस्कृति र परम्परा हराउँदै गएको पछिल्लो समयमा सोही ठाउँ निवासी कृष्णकुमार श्रेष्ठले व्यक्तिगत लगानीमा पिङ हालेका हुन् ।

    पछिल्लो समय लोप हुँदै गएको पिङको संरक्षण र यसको महत्वलाई उजागर गर्नका लागि व्यक्तिगत लगानीमा पिङ हालेको उनले बताए । “आधुनिकतासँगै यस्तो पिङ आजभोलि देख्न पाइँदैन, यसको संरक्षणका लागि पनि पिङ बनाएको हूँ,” उनले भने । पिङ निर्माणका लागि डेढ लाख खर्च भएको छ ।

    नेपालीहरुको महान चाडमा चङ्खे पिङ हालेर सस्कृतिको जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेलेको स्थानीय अगुवा प्रेमकुमार श्रेष्ठले बताए । “संस्कृति र परम्परा भनेको समाजको गहना हो, यसलाई बिर्सन मिल्दैन,” उनले भने ।

    खर्च भन्दा पनि दसंैमा यसको मुख्य विशेषता भनेको पिङ खेल्ने, खाने, रम्ने रमाउने, आफूभन्दा ठूलोसँग आर्शीवाद लिने चाड हो । चाडवाड लागेसँगै पिङ खेल्न र हेर्न आउनेहरुले आफूलाई आनन्द मिलेको श्रेष्ठले बताए ।