मनकामनाको गुरुयोजना कार्यान्वयनका लागि सहयोग गर्छु : श्रममन्त्री श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    मनकामनाको गुरुयोजना कार्यान्वयनका लागि सहयोग गर्छु : श्रममन्त्री श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    २६ आश्विन २०७८, बुधबार

    दमाैली : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले मनकामना मन्दिरको गुरुयोजना कार्यान्वयनका लागि सरकारले सहयोग गर्ने बताएका छन् । बडादसैंको आठौ दिन बुधबार मनकामना मन्दिरको दर्शन गर्न पुगेका मन्त्री श्रेष्ठले मनकामना क्षेत्र विकास समितिका पदाधिकारीसँगको भेटमा उक्त कुरा बताएका हुन् ।

    मनकामना क्षेत्र विकास समितिले तयार पारेको गुरुयोजनाको बारेमा जानकारी लिँदै मन्त्री श्रेष्ठले गुरुयोजनालाई छिटो कार्यान्वयन गर्न आफूले सरकारको तर्फबाट पहल गर्ने बताए । “मनकामना मन्दिरको विकासका लागि व्यक्तिगत र सरकारको तर्फबाट मेरो पहल रहनेछ,” मन्त्री श्रेष्ठले भने ।

    सोक्रममा मनकामना क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार जोशीले गुरुयोजनाको बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए । कोरोना सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेको मनकामना मन्दिर गत भदौ २३ गतेबाट खुल्ला गरिएको हो । प्रसिद्ध मनकाना मन्दिर दर्शन गर्न हजारौ भक्तजनहरु वर्षेनी यहाँ पुग्छन् । पूजाआजा गर्दछन्, बली दिन्छन् र परेवा उडाउँछन् ।