दमाैली : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँको व्यास नगरपालिका–११ निवासी क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेका छन् । मन्त्री श्रेष्ठले क्यान्सर पीडित काजीबाबु अधिकारीलाई रु २० हजार आर्थिक सहयोग गरेका हुन् ।
आन्द्राको क्यान्सरबाट पीडित अधिकारीलाई घरमै पुगेर मन्त्री श्रेष्ठले बिहीबार उक्त रकम हस्तान्तरण गरे । व्यक्तिगत रुपमा सहयोग गरेको र सरकारको तर्फबाट हुन सक्ने सहयोग पनि उपलब्ध गराउने मन्त्री श्रेष्ठले प्रतिबद्धता व्यक्त गरे ।
तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएदेखि नै सांसद श्रेष्ठले जिल्लाका सङ्घसंस्था र समस्यामा परेका व्यक्तिलाई आर्थिक सहयोग गर्दै आएका छन् ।