श्रममन्त्री श्रेष्ठबाट टीका ग्रहण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    श्रममन्त्री श्रेष्ठबाट टीका ग्रहण

    खबरपुञ्ज संवाददाता

    २८ आश्विन २०७८, शुक्रबार

    दमाैली : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आमा लेसुकुमारी श्रेष्ठबाट विजयादशमीको टीका ग्रहण गरेका छन्। तनहुँको दमौलीस्थित निवासमा मन्त्री श्रेष्ठले शुक्रबार टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन् ।

    श्रमममन्त्री श्रेष्ठले परिवारका सदस्य र आफन्तमाझ दसैंको टीका लगाएकाे सचिवालयले जनाएको छ । मन्त्री श्रेष्ठले दसैंको अवसरमा सम्पूर्ण देशवासीलाई शुभकामना समेत व्यक्त गरेका छन् ।