साफ च्याम्पियनसिपको फाइनल खेल आज, नेपाललाई इतिहास रच्ने मौका
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    साफ च्याम्पियनसिपको फाइनल खेल आज, नेपाललाई इतिहास रच्ने मौका

    खबरपुञ्ज संवाददाता

    २९ आश्विन २०७८, शनिबार

    काठमाडौ : साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले आज भारतसँग खेल्दै छ । खेल नेपाली समय अनुसार बेलुका पौने ९ बजे माल्दिभ्सको मालेमा रहेको राष्ट्रिय रङ्गशालामा हुनेछ ।

    आज दुवै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । पाँच राष्ट्र सहभागी राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगिताको शीर्ष स्थानमा रहेर भारतले फाइनल खेल्न लागेको हो । 

    नेपालले दोस्रो स्थानमा रहेर फाइनलमा स्थान सुरक्षित गरेको हो । साफ इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको हो ।  आजको फाइनल खेल जिते नेपालले इतिहास रच्ने छ । तर, आजको खेल जित्न भने कठिन छ । 

    नेपालले आज भारतसँग यस अघिको खेलमा गरेको गल्ती सुधार्नु पर्ने हुन्छ । आजको खेल नेपाललाई भारतसँग बदला लिने अवसर समेत हुनेछ । 

    यस अघि समूह चरणको खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको थियो । नेपालका सहायक प्रशिक्षक किरण श्रेष्ठले फाइनल जितेर इतिहास रच्ने सुनौलो अवसर खेर जान नदिने बताएका छन् । 

    उनले आजको खेल आफूहरुका लागि ठूलो खेल भएको भन्दै ऐतिहासिक लक्ष्य प्राप्तिमा मात्र एक जित टाढा रहेको बताएका छन् । उनले आजको खेलमा समूह चरणमा भारतसँगको खेलमा गरेको गल्ती पनि सुधार्ने बताएका छन् ।