पोखरामा दुई रुपैयॉमा चिया
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पोखरामा दुई रुपैयॉमा चिया

    खबरपुञ्ज संवाददाता

    २९ आश्विन २०७८, शनिबार

    पोखरा : पोखराको बगरमा सञ्चालित चियादानी पसलले दशैंका लागि सस्तोमा चिया बेच्न थालेको छ।

    सो पसलले आफ्ना ग्राहकलाई लक्षित गरि दशैंमा दुई रुपैंयाँमा चिया दिन थालेको हो । तर चियाका लागि भने दुई रुपैयॉको नोट नै चाहिने पसलले जनाएको छ।

    सिक्कालाई भने मान्यता नदिने जनाइएको छ। चिया बेच्नका लागि ल्याइएको यो अफरमा ग्राहकको रूची देखिए पनि दुई रुपैयॉको नोट पाउन भने मुस्किल देखिएको छ।