फाइनल खेलमा अलमुताइरी निलम्बित, भने – नेपालको नतिजाबाट साफ खुसी देखिएन !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    फाइनल खेलमा अलमुताइरी निलम्बित, भने – नेपालको नतिजाबाट साफ खुसी देखिएन !

    खबरपुञ्ज संवाददाता

    २९ आश्विन २०७८, शनिबार

    काठमाडौ : नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी साफ च्याम्पियनसिपको फाइनल खेलमा निलम्बित भएका छन् । यसअघिका चौथो र दसौँ खेलमा दुईवटा पहेँलो कार्ड पाएको भन्दै अलमुताइरी फाइनल खेलका लागि निलम्बित भएको साफले जनाएको छ । अलमुताइरीले भने साफले आफूमाथि व्यक्तिगत रिसिइबी साँधेको आरोप लगाएका छन् ।

    मलाई कारबाही गर्न कै लागि नियम परिवर्तन गरियो । यो निष्पक्ष र न्यायपूर्ण देखिएन,’ उनले भने, ‘यो मलाई होइन, नेपाली फुटबललाई कारबाही हो ।’ साफको नियमावलीमा दुईवटा पहेँलो कार्ड पाएका खेलाडीमाथि मात्र अर्को खेलमा निलम्बन हुने नियम रहेको उनको तर्क छ । यो नियम अफिसियलको हकमा रातो कार्ड खाएको अवस्थामा लागू हुने उनको भनाइ छ ।

    आफ्नै नियमलाई पालना नगर्ने हो भने किन राखेको ?,’ उनले प्रश्न गरे । माल्भ्सिविरुद्धको खेलमा भारतीय प्रशिक्षकले रातो कार्ड खाएर फाइनलमा उपस्थित हुन नपाउने भएपछि नेपालका प्रशिक्षकलाई पनि बाहिर राख्नका लागि यस्तो षड्यन्त्र गरिएको पनि अलमुताइरीले गम्भीर आरोप लगाए ।

    ‘साफलाई सायद नेपालले निकालेको नतिजा मनपरेको छैन । र, यदि म मैदानमा भएँ भने नेपालले उपाधिका लागि अन्तिमसँग लड्छ भनेर यो गरेको हुनसक्छ । म ठ्याक्क भन्न सक्दिनँ,’ उनले भनेका छन् । नेपालले निलम्बनविरुद्ध एएफसीलाई पुनःमूल्यांकनका लागि पत्र पठाएको भए पनि एएफसीले पनि साफकै निलम्बन लागू हुने बताएको छ ।