‘कुकु इन्टरनेशनल फिल्म अवार्ड’ विजेता सर्ट फिल्म ‘परिबन्द’माथि छलफल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ‘कुकु इन्टरनेशनल फिल्म अवार्ड’ विजेता सर्ट फिल्म ‘परिबन्द’माथि छलफल

    खबरपुञ्ज संवाददाता

    ११ कार्तिक २०७८, शुक्रबार

    पोखरा : ‘कुकु इन्टरनेशनल फिल्म अवार्ड’ विजेता सर्ट फिल्म ‘परिबन्द’माथि छलफल गरिएको छ । दक्षिण भारतमा आयोजना हुने कुकु इन्टरनेशनल फिल्म अवार्ड हात पारेपछि पोखरामा एक कार्यक्रमबिच फिल्ममाथि छलफल गरिएको हो ।

    मगर भाषामाथि बनेको ‘परिबन्द’मा न्याय प्रणाली चुस्त नहुँदा आइ लाग्ने समस्या उठाइएको छ । यसअघि काठमाडौंमा ‘स्पाइनी इन्टरनेशनल फिल्म फेस्टिभल’, ‘ब्लयाक वल्र्ड इन्टरनेशनल फिल्म फेस्टिभल केरेला’, ‘लण्डन सट्र्समा फाइनलिस्ट’मा पुगेको थियो ।

    दक्षिण भारतको तमिलनाडुमा हुने कुकु इन्टरनेशल फिल्म अवार्डमा अर्जेन्टिना, जापन, भारत, अष्ट्रेलिया लगायतका देशमा बनेका सर्ट फिल्मसँग प्रतिस्पर्धा गरेर जित हात पारेको परिबन्दका लेखक तथा निर्देशक मेजन पुनले बताए ।

    कोभिडको कारण अवार्ड अनलाइनबाटै आयोजना भएको उनले सुनाए । प्रतिश्पर्धामा विजेता घोषित भई सकेपछि अक्टोबर २१ मा तमिलनाडुमा पनि प्रदर्शन भएको थियो । ‘हाम्रो लागि ठूलो कुरा हो । भाषाभाषीमा बनेको फिल्म पनि यो चरणमा पुगेपछि अर्को पनि बाटो रहेछ भन्ने म आफैंलाई पनि रह्यो,’ निर्देशक पुनले भने, ‘यो तरिकाले पनि गर्न सकिने रहेछ भन्ने लागेको छ ।’

    मगर भाषामाथि बनेको फिल्ममा केही प्रतिशत भाषा भने नेपाली पनि प्रयोग गरिएको छ । समुदाय मगर भए पनि सुरक्षा निकायका पदाधिकारीहरु मगर भाषा नबोल्ने भएकाले नेपाली पनि प्रयोग गर्नु परेको उनले बताए ।

    भाषामाथि बनेको फिल्मले उपाधि हात पार्नुलाई सकारात्मक रुपमा लिएको उनको धारणा छ । यसअघि नविन सुब्बाद्वार निर्मित नुमाफुङले पनि उपाधि हात पारे पनि पूर्ण भाषामा बनाएर अवार्ड हात पार्ने सम्भवत यो नै पहिलो फिल्म रहेको उनले सुनाए । ‘नेपालकै आदिवासिमा त भएको हो । नेपाल भन्दा बाहिर आफ्नो कम्युनिटीभन्दा बाहिर फस्र्ट नै भयो कि भन्छु,’ उनले भने ।

    पहिला फिल्म बनाएर समाजमा मात्रै देखाउदै आए पनि अब बाहिर पनि हुन्छ है भनेर बाटो खुलेको जस्तो लागेको निर्देशक पुनले बताए । कार्यक्रममा सहभागीहरुलाई फिल्म पनि देखाइएको थियो । निर्देशक पुनले बनाएको मगर भाषामाथिको फिल्म ‘ट्याङचलाक’ डर्बान फिल्म फेस्टिभल र अमेरिकामा बसोबास गर्दै आएका नेपालीले आयोजना गर्ने आदिबासि चलचित्र अवार्ड ‘निफ’मा पनि छनौटमा परेको थियो ।