पोखरा : चिल्ड्रेन–नेपालको आयोजनामा अन्नपूर्ण र म्याग्दे गाउँपालिका जनप्रतिनिधि र दुवै गाउँपालिकामा कार्यरत विषयत शाखा प्रमुख एवं कर्मचारीहरुको बीचमा दिगो विकास लक्ष्य स्थानीयकरण, वातावरण संरक्षण र दिगो कृषि विषयक गोष्ठी सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष भीमलाल गुरुङको अध्यक्षतामा सम्पन्न भएको उक्त गोष्ठीमा चिल्ड्रेन–नेपालका नि.कार्यकारी निर्देशक डिल्ली प्रसाद शर्माले स्वागत र कार्यक्रमको उद्धेश्यबारो प्रकाश पारेका थिए । गोष्ठीमा ४२ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका प्रमुख सचिव डा.दामोदर रेग्मीले दिगो विकास लक्ष्य स्थानीयकरणका विषयमा सहजीकरण गरेका थिए । यसैगरी भूमि, व्यवस्था,कृषि,सहकारी तथा गरिवी निवारण मन्त्रालयका वरिष्ठ बागबानी विकास अधिकृत बालकृष्ण अधिकारीले वातावरण संरक्षण र प्राङ्गारिक कृषिको नीतिगत ब्याबस्था र भए गरेका प्रयासहरुको बारेमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष सवित्री नेपाली,सचिव जयन्द्र भट्टराईको समेत सहभागिता रहेको थियो । दुबै गाउँपालिकाको तर्फबाट कार्यक्रममा उल्लेखनीय सहभागिता हुनुको साथै कार्यक्रम अति प्रभावकारी सभ्य र भब्य रुपमा सम्पन्न भएको छ । यस कार्यक्रमले चिल्ड्रेन नेपाल र दुबै गाउँपालिकाका बीच आपसी सम्वन्ध झन बलियो हुनुका साथै सहकार्य र समन्वयमा थप टेवा मिलेको छ । कार्यक्रमको सञ्चालन वरिष्ठ कार्यक्रम अधिकृत शिव शर्मा चापागाईले गरेका थिए ।