वाई वाई युथ १९ राष्ट्रिय क्रिक्रेट प्रतियोगिताका लागि तनहुँमा खेलाडी छनोट हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    वाई वाई युथ १९ राष्ट्रिय क्रिक्रेट प्रतियोगिताका लागि तनहुँमा खेलाडी छनोट हुने

    खबरपुञ्ज संवाददाता

    १४ कार्तिक २०७८, सोमबार

    दमौली : जिल्ला क्रिक्रेट सङ्घ तनहुँले वाई वाई युथ १९ राष्ट्रिय क्रिक्रेट प्रतियोगिताको लागि खेलाडी छनोट गर्ने भएको छ । मङ्गलबारबाट छनोट प्रक्रिया शुरु गरिने जिल्ला क्रिक्रेट सङ्घ तनहुँका अध्यक्ष ताराराम श्रेष्ठले जानकारी दिए ।

    नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजना तथा चौधरी ग्रुपको प्रायोजनमा वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी मंसिर ४ गतेबाट शुरु हुने भएकाले खेलाडी छनोट गर्न लागिएको हो । व्यास नगरपालिका–५ पाटनस्थित खेल मैदानमा खेलाडी छनोट गरिने र छनोटमा भएका खेलाडीले गण्डकी प्रदेश स्तरीय प्रतियोगिताको लागि पोखरामा भाग लिन पाउने संयोजक अमित कैनीले जानकारी दिए । प्रदेशमा छनोट भएका खेलाडीले राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने छन् ।


    क्यानले कात्तिक १९ गतेभित्र जिल्ला टिम तयार गरी कात्तिक ३० गतेभित्र प्रादेशिक प्रतियोगिता सम्पन्न गर्ने गरी कार्यक्रम तयार गर्न भनेको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको जन्म मिति २०५९ साल भाद्र १६ गते अर्थात १ सेप्टेम्बर २००२ देखि यताको हुनुपर्ने क्यानले जनाएको छ । क्यानले यू–१९ राष्ट्रिय टिम र प्रतियोगिता आयोजना गर्नका लागि गत चैतमा चौधरी ग्रुपसँग पाँच वर्षको लागि सम्झौता गरेको थियो ।