पाेखरा : ग्रामीण क्षेत्रको विकास गर्ने उद्देश्यले होमस्टेको प्रवद्र्धन गर्ने अग्रज व्यक्तित्व स्वर्गीय रुद्रमान गुरुङको अर्धकदको शालिक निर्माण गरिएको छ । स्याङ्जाको आँधिखोला गाउँपालिका–१ शिरुवारीमा पूर्व सांसद एवं होमस्टेका महानायक रुपमा परिचित स्व.क्या.गुरुङको शालिक निर्माण गरिएको हो ।
शिरुवारी पर्यटन विकास समितिले तीन लाख १६ हजार ५५९ रुपैयाँको लागतमा नेपालको पहिलो होमस्टे शिरुवारीमा उहाँको शालिक निर्माण गरिएको पर्यटन विकास समिति शिरुवारीले जनाएको छ । उनकाे शालिक वि.सं.२०७४ पौष १५ गते निर्माण सम्पन्न भएको थियो ।
भारतीय पूर्व सैनिक स्वर्गीय गुरुङले ग्रामीण क्षेत्रको विकास गर्ने उद्देश्यले गाउँमा होमस्टेको प्रवद्र्धनमा टेवा पु¥याएकोले होमस्टेका महानायकको रुपमा सम्मान स्वरुप शालिक निर्माण गरिएको जनाइएको छ । वि.सं.१९०७ भाद्र १२ गते जन्मिएका गुरुङ पूर्व भारतीय सैनिक हुन् । नेपालको विकासका लागि उहाँले राजनीतिमा लागेर जननायक गिरीजा प्रसाद कोइरालाको पालामा सांसद समेत हुँदै विकासमा सहयोग पु¥याउनुभएको स्थानीयवासीको भनाई छ ।
सोही अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले भगवान गौतम बुद्धको बन्न लागेको शालिकको समेत शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रममा गण्डकी प्रदेशका मन्त्रीहरु मेख, लाल श्रेष्ठ, बिन्दुकुमार थापा, डोवाटे विश्वकर्मा, रिसेड गण्डकी प्रदेशका सचिव दामोदर रेग्मी लगायतकाले पर्यटकीय क्षेत्रको पहिचान र विकासलाई प्रदेशले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए ।