भीरकोटद्वारा स्थानीय पाठ्यक्रम कार्यान्वयन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    भीरकोटद्वारा स्थानीय पाठ्यक्रम कार्यान्वयन

    खबरपुञ्ज संवाददाता

    १४ कार्तिक २०७८, सोमबार

    स्याङ्जा : भीरकोट नगरपालिकाले स्थानीय पाठ्यक्रम प्रकाशनमा ल्याएको छ। यो नगरपालिका यस्तो नगरपालिका हो जसले नेपालमै पहिलो पटक कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम शिक्षकको हातमा र पाठ्यपुस्तक विद्यार्थीको हातमा पुर्याउन सफल भएको छ ।

    यो पाठ्यक्रम निर्माणकार्यको जिम्मेवारी साभ नेपालले लिएको र निर्माणकार्यका लागि साभ नेपालका अध्यक्ष डा. तुलसी प्रभास खनाल अहोरात्र खटिएका थिए । उनले यो कार्यका लागि भीरकोटको सबै वडाको भ्रमण गरि त्यहाँको साँस्कृतिक, प्राकृतिक, भौगोलिक, कला भाषा भेषभूषा एवं परम्परा, कृषि पशुपालन विभिन्न व्यवसायका अनुभव अनुभूतिको संगालो गर्दै विभिन्न विद्वान शिक्षक एवं लब्ध प्रतिष्ठित व्यक्तित्वको राय सल्लाह र सुझावका आधारमा तयार पारिएको बताए ।

    उक्त पाठ्यक्रमको प्रबोधीकरण आज र भोलि दुई दिन हुने भएको छ । आज १- ५ चलेका कक्षाहरुका शिक्षाकहरुलाई दिइएको थियो । सो सेमीनारमा नगरप्रमुख छायाराम खनालले यो पाठ्यक्रमलाई आलोचना भन्दा समालोचना गरिदिन आग्रह गरेका थिए भने शिक्षा शाखा प्रमुख विष्णु कोइरालाले पाठ्यक्रमलाई सहि रुपले लागू गर्नुपर्ने कुरामा जोड दिएका थिए । वि. नि. नवीन थापाले पाठ्यसामग्रीमा भएका कुरालाई मात्रै नभै शिक्षकले आफूले थप कुराहरु सिकाउन सकिने कुरा व्यक्त गरेका थिए ।

    साभ नेपालका अध्यक्ष एवं पाठ्यक्रम निर्माणकर्ता डा. तुलसी प्रभास खनाल,लेखक युवराज पौडेल र त्रिभुवन विश्वविद्यालयका सह – प्राध्यापक गिरिराज उपाध्यायले प्रशिक्षण एवम् सहजीकरण गरेका थिए।