प्रेस सेन्टर कास्कीको अध्यक्षमा दवाडी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    प्रेस सेन्टर कास्कीको अध्यक्षमा दवाडी

    खबरपुञ्ज संवाददाता

    १७ कार्तिक २०७८, बुधबार

    पोखरा : प्रेस सेन्टर कास्कीको अध्यक्षमा कृष्ण दवाडी निर्वाचित भएका छन् । बुधबार भएको अधिवेशनले दवाडीको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो ।

    त्यसैगरि समितिको उपाध्यक्षमा दिनानाथ बराल र सोभा बराल (महिला), सचिवमा पुष्पराज दाहाल, सह–सचिवमा सुरेसराज अधिकारी, सविना राना थापामगर (जनजाती), कोषाध्यक्षमा सुशीला क्षेत्री चयन भएका छन् ।

    त्यस्तै कार्यसमिति सदस्यमा बलराम तिमिल्सिना, रविनाथ दाहाल, शेरबहादुर खत्री, विवेक भण्डारी, लिलाचन्द्र अधिकारी सरोज, प्रकाशचन्द्र गिरी, खगेन्द्र अर्याल, प्रकाश अधिकारी र बाबुराम सुवेदी चयन भएका छन् ।