सभेन ए साइड फुटबलको उपाधि जन पुस्तकालयलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    सभेन ए साइड फुटबलको उपाधि जन पुस्तकालयलाई

    खबरपुञ्ज संवाददाता

    १७ कार्तिक २०७८, बुधबार

    दुलेगौँडा : जन पुस्तकालयको बार्षिकोत्सवमा भएको सेभेन ए साइड फुटबलको उपाधी आयोजक जन पुस्तकालयले उचालेको छ । बुधबार भएको फाइनल खेलमा डिजी लिंक दुलेगौँडालाई १–० गोल अन्तरले पराजित गर्दै आयोजकले उपाधी हात पारेको हो ।


    खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । घरेलु मैदानमा भएको खेलको दोस्रो हाफमा जिवन गुरुङले गरेको गोल नै जनपुस्तकालयको जितका लागि निर्णायक बनेको हो ।


    उपाधिसँगै जन पुस्तकालयले नगद ३३ हजार रुपैयाँको साथमा कप, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता डिजी लिंकले २२ हजार रुपैयाँमा चित्त बुझाएको छ । विजेता खेलाडी र समुहलाई राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिम्लिसिना, शुक्लागण्डकी नगरपालिकाकी उपप्रमुख सविता रसाईलीले पुरस्कृत गरे ।


    सेमिफाइनलमा सोमबार जन पुस्तकालयले नेपाल युनाईटेड युवा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । डिजी लिंकले आदर्श युवा क्लबलाई ५–१ गोल अन्तरले पराजित गर्दै आयोजकसँगको फाइनल भिडन्त पक्का गरेको हो ।


    ज्न पुस्तकालयको ४२ औँ बार्षिकोत्सवको अवसरमा १२ कात्तिकदेखी प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा २३ समुह सहभागि थिए ।