दमौली : नेपालीहरुको ठूलो महान् चाड तिहारमा तनहुँ कारागारका कैदीबन्दीको निधार खाली भएको छ । तनहुँ कारागारस्थित कैदीबन्दीले आज तिहारमा दिदीबहिनीको हातबाट टिका लगाउन नपाएपछि कैदीबन्दीको निधार खाली भएको हो ।
यस पटक बाहिरी मान्छेलाई कारागारभित्र प्रवेश गर्ने व्यवस्था मिलाउन नसकिएको कारागारका सूचना अधिकारी नारायण अधिकारीले जानकारी दिए । “कोरोना सङ्क्रमणको जोखिमका कारण बाहिरबाट मानिसलाई प्रवेश दिन सकिएन,” उनले भने, “यस वर्ष कैदीबन्दीको तिहारमा निधार खाली भयो ।”
कारागार प्रशासनले दसैंमा पनि आफन्तजनबाट कैदीबन्दीलाई टिका लगाउन निषेध गरेको थियो । यद्यपि दसैंमा भने कैदीबन्दीले आ–आफै टिका लगाएका थिए ।