दुई आमा समूहलाई मन्त्री श्रेष्ठको तलबभत्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दुई आमा समूहलाई मन्त्री श्रेष्ठको तलबभत्ता

    खबरपुञ्ज संवाददाता

    २१ कार्तिक २०७८, सोमबार

    दमाैली : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँको दुई आमा समूहलाई तलबभत्ता बापतको रकम प्रदान गरेका छन् । मन्त्री श्रेष्ठले व्यास नगरपालिका–११ स्थित मिलनशील आमा समूह र डाँडागाउँ आमा समूहलाई रु ५०/५० हजार हस्तान्तरण गरेका हुन् ।

    साेमबार आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले दुवै आमा समूहका अध्यक्षलाई उक्त रकम प्रदान गरे । तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएदेखि नै श्रेष्ठले तलबभत्ता बापतको रकम विभिन्न सङ्घसंस्थालाई सहयोग गर्दै आएका छन् । “निर्वाचनमा उम्मेदवार हुँदा नै मैले तलबभत्ता लिन्न भनेर घोषणा गरेको थिएँ, सोही घोषणा बमोजिम मैले तलबभत्ता सहयोग गर्दै आएको छु,” मन्त्री श्रेष्ठले भने ।

    सांसद श्रेष्ठले जिल्लास्थित विभिन्न खानेपानी, युवा क्लव, आमा समूह, विद्यालय लगायतलाई तलबभत्ता बापतको रकम सहयोग गर्दै आएका छन् । साथै उनले मिर्गौला पीडित, क्यान्सर पीडितलाई पनि तलबबापतको रकम सहयोग गर्दै आउनुभएको मन्त्री श्रेष्ठका स्वकीय सचिव जगतबहादुर खड्काले जानकारी दिए ।