दुलेगाैडा : नेपाली कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तनहुँमा जारी छ । दुई क्षेत्र रहेको तनहुँको क्षेत्र नम्बर १ को सदरमुकाम दमौलीमा र क्षेत्र नम्बर २ को शुक्लागण्डकी नगरपालिकाको बेलचौतारा झरौटामा नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएकाे छ । मतदान अगावै केही पदमा भने निर्विरोध भईसकेको छ । आइतबार उम्मेद्वारी दर्ताको बेलामै केही पदाधिकारी निर्वारोध निर्वाचित भएका हुन् ।
क्षेत्र नम्बर १ को क्षेत्रीय कार्य समितिको महिला सदस्य खस आर्यमा कल्पना भकुण्डी, दलित सदस्यमा लक्ष्मी परियार, मुस्लिम, अल्पसंख्यक, अपांग सदस्यमा प्रकाश राउत सर्वसम्मत भएका छन् । प्रदेश सभा ‐क) महिला सदस्यमा मधु दमै, अन्य सदस्यमा पविन्द्र भट्टराई, जमिर हुसेन, प्रदेश सभा ‐ख) महिला सदस्यमा इन्द्रमाया थापा मगर, अन्य सदस्यमा गोविन्द गिरी र रामभक्त भट्टराई सर्वसम्मत भएका हुन् । महाधिवेशन प्रतिनिधीमा खस आर्य महिलामा पवित्रादेवी पौडेल सर्वसम्मत भएकी छन् । उनी जिल्ला समन्वय समिति तनहुँकी उपप्रमुख हुन् ।
क्षेत्र नम्बर २ मा सदस्यमा प्रत्यक्ष महिलातर्फ कुमारी राना, मुस्लिम, अल्पसंख्यक तथा अपांगतर्फ सौरभ कोईराला सर्वसम्मत विजयी भएका छन् । यस्तै प्रदेश सभा (ख) महिला सदस्यमा याममाया थापा, अन्य सदस्यमा रामबहादुर राना र बुद्धिमान राना निर्विरोध भएका छन् । यो क्षेत्रमा ८६१ जना मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।