दमौली : व्यास नगरपालिकाका दुई वडाध्यक्ष नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । मंगलबार सकिएको मतगणना अनुसार व्यास-२ का वडाध्यक्ष काशीराम श्रेष्ठ र व्यास-१३ का वडाध्यक्ष लेखबहादुर राना महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् ।
जनजातितर्फबाट उम्मेदवार बनेका श्रेष्ठले २६९ र रानाले ३६३ मत प्राप्त गरेका छन् ।
व्यास-१ का वडाध्यक्ष खरसि दरै भने ५०९ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनी अल्पसङ्ख्यकतर्फबाट उम्मेदवार थिए ।