काङ्ग्रेस महाधिवेशन : तनहुँ–२ को सभापतिमा खनाल निर्वाचित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    काङ्ग्रेस महाधिवेशन : तनहुँ–२ को सभापतिमा खनाल निर्वाचित

    खबरपुञ्ज संवाददाता

    ६ मंसिर २०७८, मंगलवार

    दुलेगाैडा : नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तनहुँ क्षेत्र नम्बर २ को सभापतिमा चुडामणि खनाल निर्वाचित भएका छन् । मंगलबार सम्पन्न मतगणना अनुसार ४४७ मत प्राप्त गरी खनाल सभापतिमा निर्वाचित भएका हुन् ।

    प्रतिस्पर्धी कृष्णराज पण्डितले ३९६ मत प्राप्त गरे । पदाधिकारीमा खनालको प्यानल विजयी भएको छ ।

    क्षेत्रीय सचिव जीवन चन्द ठकुरी ५१७ र सन्तोष घिमिरे ४८३ मत प्राप्त गरी निर्वाचित भएका छन् । प्रतिस्पर्धी पूर्णचन्द्र घिमिरेले ३१५ र प्रेमबहादुर थापाले ३५३ मत प्राप्त गरे । सहसचिवमा याम सारु मगर र चित्रबहादुर राना निर्वाचित भएका छन् । उनीहरुले क्रमशः ५०३ र ५३६ मत प्राप्त गरे प्रतिस्पर्धी नरसिं रानाले ३१९ र टुकराज श्रेष्ठले २९८ मत प्राप्त गरेका थिए ।