काङ्ग्रेस महाधिवेशन : तनहुँ १ मा मौराती, २ मा खनाल निर्वाचित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    काङ्ग्रेस महाधिवेशन : तनहुँ १ मा मौराती, २ मा खनाल निर्वाचित

    खबरपुञ्ज संवाददाता

    ६ मंसिर २०७८, मंगलवार

    दमाैली : नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि भएको अधिवेशनबाट तनहुँ क्षेत्र नम्बर १ को सभापतिमा श्याम मौराती निर्वाचित भएका छन् ।

    आज सकिएको मतगणना अनुसार ४८५ मत प्राप्त गरी मौराती क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् । सभापतिका प्रतिस्पर्धी विश्व बास्तोलाले ४०२ मत प्राप्त गरेका छन् । पदाधिकारीमा मौरातीको प्यानल नै विजयी भएको छ ।

    क्षेत्रीय सचिव दयानिधी नराल र राजु बानियाँ निर्वाचित भएका छन् । उनीहरुले क्रमशः ४६३ र ४५९ मत प्राप्त गरे । प्रतिस्पर्धी तारानरेश पौडेलले ३६१ र चुडामणि दाहालले ३८५ मत प्राप्त गरेका छन् ।

    सहसचिवमा युवराज आले र शैलेश खाती निर्वाचित भएका छन् । उनीहरुले क्रमशः ४७४ र ४३६ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी रविन पौडेलले ३८९ र अर्जुन अधिकारीले ३६९ मत प्राप्त गरे ।

    महाधिवेशन प्रतिनिधिमा खुल्ला पुरुषतर्फ वैकुण्ठ न्यौपाने ५५९, रघुनाथ पौडेल ४९१, रामचन्द्र पोख्रेल ४८०, दिपक भट्टराई ४५६, देवकुमार श्रेष्ठ ४५५, रेशमलाल गुरुङ ४४१, सुरेश भट्टराई ४२६, आनन्दराज त्रिपाठी ४२२, रामचन्द्र अधिकारी ४११ र लक्ष्मीप्रसाद आचार्य ४०५ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

    खुल्ला महिलातर्फ चिनु पोख्रेल ५३०, नारायणी अधिकारी ४९९, विणा कैनी ४३९ र पुष्पादेवी श्रेष्ठ ४१९ मत प्राप्त गरी निर्वाचित भएका छन् । दलित खुल्लातर्फबाट डोवाटे विक, खसआर्य पुरुषतर्फ शान्तिरमण वाग्ले ५६२, रामबहादुर बानियाँ ४६७, जनजाति खुल्लामा अशोककुमार श्रेष्ठ ४६७, टेकबहादुर गुरुङ ४३६ र पूर्णबहादुर गुरुङ ४२१ मत प्राप्त गरी निर्वाचित भएका छन् । आदिवासी जनजाति महिलातर्फ सरिता गुरुङ ५४० र आशा थापा ४०३ मत प्राप्त गरी निर्वाचित भएका छन्द । दलित महिलातर्फ चन्द्रमाया परियार ४८८ र अल्पसङ्ख्यकतर्फ खरसिं दरै ५०९ मत प्राप्त गरी निर्वाचित भए । खस आर्य महिलातर्फ पवित्रा पौडेल सर्वसम्मत महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए ।

    महाधिवेशन प्रतिनिधिमा विजयीमध्ये आनन्दराज त्रिपाठी, देवकुमार श्रेष्ठ, आशा थापा र पूर्णबहादुर गुरुङ बास्तोलाको प्यानलका हुनुहुन्छ भने अन्य सबै मौरातीको प्यानलबाट विजयी भएका हुन् ।

    यसैगरी तनहुँ क्षेत्र नम्बर २ को सभापतिमा चुडामणि खनाल निर्वाचित भएका छन् । खनालले ४४७ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका हुन् । प्रतिस्पर्धी कृष्णराज पण्डितले ३९६ मत प्राप्त गरे । पदाधिकारीमा खनालको प्यानल विजयी भएको छ ।

    क्षेत्रीय सचिव जीवन चन्द ठकुरी ५१७ र सन्तोष घिमिरे ४८३ मत प्राप्त गरी निर्वाचित भएका छन् । प्रतिस्पर्धी पूर्णचन्द्र घिमिरेले ३१५ र प्रेमबहादुर थापाले ३५३ मत प्राप्त गरे । सहसचिवमा याम सारु मगर र चित्रबहादुर राना निर्वाचित भएका छन् । उनीहरुले क्रमशः ५०३ र ५३६ मत प्राप्त गर्नुभयो । प्रतिस्पर्धी नरसिं रानाले ३१९ र टुकराज श्रेष्ठले २९८ मत प्राप्त गरेका थिए ।

    क्षेत्र नम्बर २ को महाधिवेशन प्रतिनिधिका लागि भने मतगणना जारी छ । सोमबार सम्पन्न मतदानमा तनहुँ क्षेत्र नम्बर १ मा ९५४ मध्ये ९३१ मत खसेको थियो भने तनहुँ क्षेत्र नम्बर २ मा ८६६ मध्ये ८६० मत खसेको थियो ।