क्षेत्रीय सभापतिमा निर्वाचित भएपछि खनालले भने, ‘आजबाट समूह सकियो, हामी एकै ठाउँमा छौ’ (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    क्षेत्रीय सभापतिमा निर्वाचित भएपछि खनालले भने, ‘आजबाट समूह सकियो, हामी एकै ठाउँमा छौ’ (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    ६ मंसिर २०७८, मंगलवार

    दुलेगाैडा : नेपाली काङ्ग्रेस तनहुँ क्षेत्र नम्बर २ का नवनिर्वाचित सभापति चुडामणि खनालले सबैलाई एकै ठाउँमा राखेर काङ्ग्रेसलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाएका छन् । मङ्गलबार सम्पन्न मतगणनाको परिणाम अनुसार सभापतिमा निर्वाचित भएपछि खबरपुञ्जलाई प्रतिक्रिया दिँदै खनालले भने, “चुनावमा समूह बनाएर अगाडी बढेपनि आजबाट समूह सकियो, हामी एकै ठाउँमा छौ ।”

    खनालले सबैलाई हातेमालो गर्दै एक ठाउँमा उभ्याउने र नजिकै आउँदै गरेको स्थानीय तहको निर्वाचनमा काङ्ग्रेसलाई विजयी गराउन लागिपर्ने बताए । “निर्वाचनमा विजय र पराजयको कुरा होइन, विजेता र उपविजेता भएका छौ, मैले प्रतिस्पर्धी भन्दा केही बढी मत ल्याएको हुँ,” उनले भने, “कृष्णराज पण्डित म भन्दा पनि बढी अनुभवी हुनुहुन्छ, उहाँको अनुभवलाई पनि आत्मसात गर्छौ ।”