दुलेगौडा : नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत तनहुँ क्षेत्र नम्बर २ कार्यसमितिमा चुडामणि खनालको प्यानलै विजयी भएको छ । मंगलबार सम्पन्न मतपरिणाम अनु्सर पदाधिकारी तथा सदस्यमा खनालको प्यानलै विजयी भएको हो ।
सचिवमा जीवन चन्द ठकुरी, सन्तोष घिमिरे, सहसचिवमा याम सारु र चित्रबहादुर थापा विजयी भएका छन् ।
यसैगरी प्रत्यक्ष खुल्ला पूर्णबहादुर श्रेष्ठ, मनबहादुर हमाल र हिमाल आले मगर विजयी भएका छन् । जनजाति पुरुषमा इश्वरकुमार श्रेष्ठ र भिमबहादुर थापा मणि विजयी भएका छन्।
जनजाति महिलामा ठल्लीमाया श्रेष्ठ विजयी भइन् भने खस आर्यमा विजयराज खनाल विजयी भए । खस आर्य महिलामा लक्ष्मी मल्ल, दलितमा लक्ष्मी विक विजयी भइन् ।