दमाैली : डुम्रे वेशीशहर सडकखण्ड अन्तर्गत तनहुँको भानु नगरपालिका–१ भन्सारमा मङ्गलबार दिउँसो भएको दुर्घटनामा स्कूटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखाको पालुङटार नगरपालिका–४ बस्ने २४ वर्षीय सुवर्ण देवकोटा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
उनको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
भन्सारबाट डुम्रेतर्फ आउँदै गरेको ना ६ ख ५१३४ नम्बरको बस र सोही दिशाबाट आउँदै गरेको बा ४५ प २३८३ नम्बरको स्कूटर ठोक्किदा देवकोटा घाइते भएका थिए ।