महाधिवेशन प्रतिनिधि : न्यौपानेलाई ६०, आलेलाई ६७ प्रतिशत मत (विस्तृतमा)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    महाधिवेशन प्रतिनिधि : न्यौपानेलाई ६०, आलेलाई ६७ प्रतिशत मत (विस्तृतमा)

    खबरपुञ्ज संवाददाता

    ६ मंसिर २०७८, मंगलवार

    दमाैली : नेपाली काङ्ग्रेस तनहुँका सभापति र कार्यवाहक सभापति महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । जिल्ला सभापति वैकुण्ठ न्यौपाने तनहुँ क्षेत्र नम्बर १ र कार्यवाहक सभापति जितप्रकाश आले तनहुँ क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । दुवैले अत्याधिक मत प्राप्त गरेका छन् ।

    न्यौपानेले कूल खसेको मतको ६० प्रतिशत मत प्राप्त गरेका छन् । ९३१ मत खसेकामा न्यौपानेले ५५९ मत प्राप्त गरेका छन् ।

    यसैगरी कार्यवाहक सभापति आलेले कूल खसेको ६७ प्रतिशत मत प्राप्त गरेका छन् । ८६० मत खसेकामा आलेले ५८० मत प्राप्त गरेका छन् । दुवैजना जिल्ला कार्यसमितिको सभापतिका आकाङ्क्षी हुन् ।

    तनहुँ क्षेत्र नम्बर १ बाट खुल्ला पुरुषतर्फ रघुनाथ पौडेल ४९१, रामचन्द्र पोख्रेल ४८०, दिपक भट्टराई ४५६, देवकुमार श्रेष्ठ ४५५, रेशमलाल गुरुङ ४४१, सुरेश भट्टराई ४२६, आनन्दराज त्रिपाठी ४२२, रामचन्द्र अधिकारी ४११ र लक्ष्मीप्रसाद आचार्य ४०५ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

    खुल्ला महिलातर्फ चिनु पोख्रेल ५३०, नारायणी अधिकारी ४९९, विणा कैनी ४३९ र पुष्पादेवी श्रेष्ठ ४१९ मत प्राप्त गरी निर्वाचित भएकी छन् ।

    दलित खुल्लातर्फबाट डोवाटे विक, खसआर्य पुरुषतर्फ शान्तिरमण वाग्ले ५६२, रामबहादुर बानियाँ ४६७, जनजाति खुल्लामा अशोककुमार श्रेष्ठ ४६७, टेकबहादुर गुरुङ ४३६ र पूर्णबहादुर गुरुङ ४२१ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

    आदिवासी जनजाति महिलातर्फ सरिता गुरुङ ५४० र आशा थापा ४०३ मत प्राप्त गरी निर्वाचित भएका छन् । दलित महिलातर्फ चन्द्रमाया परियार ४८८ र अल्पसङ्ख्यकतर्फ खरसिं दरै ५०९ मत प्राप्त गरी निर्वाचित भएका छन् । खस आर्य महिलातर्फ पवित्रा पौडेल सर्वसम्मत महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी थिइन् ।

    महाधिवेशन प्रतिनिधिमा विजयीमध्ये आनन्दराज त्रिपाठी, देवकुमार श्रेष्ठ, आशा थापा र पूर्णबहादुर गुरुङ बास्तोलाको प्यानलका हुन् भने अन्य सबै मौरातीको प्यानलबाट विजयी भएका हुन् ।

    यसैगरी तनहुँ क्षेत्र नम्बर २ महाधिवेशन प्रतिनिधिमा खुल्लातर्फ जितप्रकाश आलेले ५८०, धु्रव वाग्लेले ५६१, राजेन्द्रकृष्ण श्रेष्ठले ५२९, झुलबहादुर आलेले ५२०, मिलन आलेले ४८८, किसान गुरुङले ४५९, महेश्वर भट्टराईले ४४४, जीवन शर्माले ४३०, भक्त श्रेष्ठले ४१८ र कृष्ण गौतमले ३९६ मत प्राप्त गर्नुभएको छ ।

    खुल्ला महिलातर्फ माया रानाले ४५५, इन्दिरा सिग्देलले ३७६, तुलसीमाया अधिकारीले ३६१ र लक्ष्मी वाग्लेले ३६१ मत प्राप्त गर्नुभएको छ ।

    खसआर्य पुरुषतर्फ डिल्लीराम अधिकारी ४५५, खस आर्य महिलातर्फ लक्ष्मी सिग्देल ५०६, जनजाति पुरुषतर्फ मोहनकुमार श्रेष्ठ ४२१, भिमबहादुर थापा मगर ४४२, चामबहादुर थापा ४४३, जनजाति महिलातर्फ गिनुमाया थापा ५१०, नरमाया आले थापा ४९३, पम्फा थापा ४५२ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

    दलित पुरुषतर्फ रामकृष्ण विक ४६२, दलित महिलातर्फ दिव्यश्वरी विक ४६९ र अल्पसङ्ख्यक÷अपाङ्गतर्फ गङ्गाराम कुमाल ४७७ मत प्राप्त गरी निर्वाचित भएका छन् ।