दमौली : नेपाली कांग्रेस तनहुँको अधिवेशन मंसिर ११ गते हुने भएको छ। यसअघि मंसिर १० गते जिल्ला अधिवेशन तोकिएकामा एकदिन पछाडी धकेलिएको छ ।
आन्तरिक कारणले मिति फेरबदल भएको कांग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेले जानकारी दिए । उम्मेदवारी दर्ता भने मंसिर ९ गते नै हुने उनले बताए ।
जिल्ला सभापतिका लागि हालका सभापति वैकुण्ठ न्यौपाने र कार्यवाहक सभापति आले आकाङ्क्षी हुन् ।