दमौली : विगत लामो समयदेखि प्यारालाइसिसले थलिएका व्यास नगरपालिका-१ निवासी अभिसन थापा मगरको उपचारका लागि ९ लाख भन्दा बढी रकम सहयोग गरिएको छ ।
देश तथा विदेशबाट संकलन भएको उक्त रकम बुधबार हस्तान्तरण गरिएको छ। व्यास नगरपालिका-१२ कमलाबारी घर भई हाल अमेरिका निवासी कृष्णजीवि पन्थले समेत रकम जुटाउन सहयोग गरेका थिए ।
चर्चित कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कंडेल सहितको टोलीले बुधबार पीडितको घरमा पुगेर रकम हस्तान्तरण गरेको छ ।