‘अस्ट्रेलिया पोस्ट कोभिड मिट अप’ कार्यशाला सम्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ‘अस्ट्रेलिया पोस्ट कोभिड मिट अप’ कार्यशाला सम्पन्न

    खबरपुञ्ज संवाददाता

    ९ मंसिर २०७८, शुक्रबार

    काठमाडौ : अष्ट्रेलियन एजुकेशन इन्फर्मेसन सेन्टरको आयोजना र नेप्लिज असोसिएसन अफ अष्ट्रेलियन एजुकेशन रिप्रेजेन्टेटिभ (नायर) को ब्यवस्थापनमा अब अस्ट्रेलियाको सिमा खुलेको परिप्रेक्षमा कसरी दीर्घकालीन रुपमा गुणात्मक सेवा प्रदान गरि विद्यार्थीहरुलाई सुबिधा दिने भन्ने बिषयमा अस्ट्रेलिया पोस्ट कोभिड मिट अप कार्यशाला सम्पन्न भएको छ ।

    काठमाडौको हात्तीसारमा सम्पन्न कार्यक्रममा अस्ट्रेलियाका युनिभर्सिटी र भेट कलेजका प्रतिनिधि, विभिन्न कन्सल्टेन्सी र कन्सल्टेन्सीहरु संबंधित सँस्थाका प्रतिनिधिको उत्साहजनक सहभागीता रहेको नायरका अध्यक्ष बिज्ञान श्रेष्ठले बताए ।

    कार्यक्रममा बोल्दै इ क्यानका अध्यक्ष प्रकाश पाण्डेले अबको समयमा लामो समय देखी पर्खिएर बसेका विद्यार्थीलाई अझै सजग भएर परामर्श दिन आवस्यक रहेको बताए ।

    नेपालको अस्ट्रेलिया सँगको सम्बन्ध शिक्षाका लागि मात्र नभएर ब्यापार, पर्यटन र सँस्कृती आदनप्रदानमा समेत जोड दिनु पर्ने नायरका पुर्व अध्यक्ष नारायण पहारीले बताए ।