सहमति नभए चुनाब लड्छु : किरण गुरुङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सहमति नभए चुनाब लड्छु : किरण गुरुङ

    खबरपुञ्ज संवाददाता

    १० मंसिर २०७८, शनिबार

    चितवन :  नेकपा एमालको स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश कमिटीका ईन्चार्ज किरण गुरुङले उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् ।

    अहिले पदाधिकारीमा सहमतिको प्रयास भइरहेको छ । सहमति नभए उपाध्यक्षमा उम्मेदवारी दिने उनले बताए । आज सौराहामा पत्रकारहरुसंग कुरा गर्दै उनले उपाध्यक्षमा आफ्नो दावी रहने बताएका हुन् ।

    नवौँ महाधिवेशनमा पनि उपाध्यक्षको उम्मेदवार रहेकाले योपटक पछि नहट्ने बताएका हुन् । ‘हामी सबै सहमतिकै पक्षमा छौँ र सहमतिको प्रयास पनि चलिरहेको छ, सहमति भएन भने चुनावी प्रतिस्पर्धाको विधि पनि अवलम्बन गर्नैपर्ने हुन्छ,’ उनले भने ।