दमौली : नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तरगत शनिबार भएको तनहुँको निर्वाचनमा समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले नै मत हाल्न नपाएपछि विवाद भएको छ।
निर्धारित समय सकिएको भन्दै गेट बन्द भएपछि वाग्ले मत हाल्नबाट वन्चित भएका छन् । वाग्ले सहित केही नेताहरुले मत हाल्न नपाएपछि छलफलको तयारी गरिएको छ।