चितवन : नेकपा एमालेमा सर्वसम्मत नेतृत्व चयनको प्रयास स्वरुप अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारी देखि केन्द्रीय सदस्यसम्म छान्ने अधिकारी दिइएको छ ।
एमाले महाधिवेशनको बन्दसत्रमा विष्णु पौडेलले उक्त प्रस्ताव गरेका हुन् । पौडेलको प्रस्तावमा हलले समर्थन जनाएको हो ।
जारी महाधिवेशनमा नेकपा एमालेले सर्वसम्मतिमा नेतृत्वको चयनका लागि प्रयास गरिरहेको छ ।
सहमतिबाट नेतृत्व चयनका लागि भन्दै शुक्रबारको केन्द्रीय कमिटी बैठकले पदाधिकारी र केन्द्रीय कमिटीको संख्या थप गर्न निर्णय गरेको थियो । अहिले अध्यक्षका दावेदार भीम रावलले आफ्नो फरक मत राखिरहेका छन् ।