सांसद कोइरालाद्वारा प्रदेश निर्वाचन क्षेत्रको बजेट बाँडफाँड (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सांसद कोइरालाद्वारा प्रदेश निर्वाचन क्षेत्रको बजेट बाँडफाँड (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    ११ मंसिर २०७८, आईतवार

    दमाैली : गण्डकी प्रदेश सभा सदस्य आशा कोइरालाले प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत विभिन्न योजनाका लागि बजेट बाँडफाँड गरेकी छन्। चालु आर्थिक वर्ष ०७८÷७९ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ (क) अन्तर्गत विभिन्न योजनाका लागि बजेट बाँडफाँड गरिएको सांसद कोइरालाले जानकारी दिइन् ।

    रु दुई करोड बजेट विभिन्न ३० वटा योजनामा विनियोजन गरिएको उनले बताइन् । शुक्लागण्डकी, म्याग्दे र व्यासका दुई वडा समेटिएको प्रदेश सभा क्षेत्रमा विभिन्न योजनाका लागि बजेट बाँडफाँड गरिएको छ । कार्यक्रम अन्तर्गत खेलमैदान निर्माण, टोल विकासको भवन निर्माण, सडक स्तरोन्नति लगायतका योजनामा बजेट विनियोजन गरिएको कोइरालाले बताइन् ।

    शुक्लागण्डकीस्थित सहिद स्मृति पार्क सभाहल निर्माणका लागि रु २० लाख बजेट बाँडफाँड गरिएको छ । यस्तै मिलीजुली दलित समूह तालिम सहित नौमती बाजा एवं पोशाक खरिदका लागि रु पाँच लाख, नमूना युवा क्लव खेलमैदान निर्माणका लागि रु पाँच लाख, जुवादी कृषि उपज सङ्कलन केन्द्र भवन निर्माणका लागि रु पाँच लाख, आदर्श मार्ग कालोपत्रेका लागि रु दश लाख, नविन बस्ती टोल विकास संस्थाको भवन निर्माणका लागि रु दश लाख, सहिद केवी मोटरमार्ग स्तरोन्नतिका लागि रु पाँच लाख, भोटेपानी आमा समूह भवन निर्माणका लागि रु पाँच लाख, टुँडा मिलन मार्ग स्तरवृद्धिका लागि रु पाँच लाख, मस्र्याङ्दी बाँध कुलो निर्माणका लागि रु छ लाख, कालीकोट सामुदायिक भवन निर्माणका लागि रु पाँच लाख, सहिद स्मृति पार्क निर्माणका लागि रु छ लाख, दलित सामुदायिक भवन संरक्षण एवं बाल निर्माणका लागि रु पाँच लाख, बराहडाँडा भोले सडक स्तरोन्नतिका लागि रु छ लाख, मुस्ताङ क्याम्प आमा समूह भवन निर्माणका लागि रु पाँच लाख, सहिद कृष्ण क्याम्पस भवन निर्माणका लागि रु दश लाख, लामितारा कालिका बाघखोर हुँदै आरनभञ्ज्याङ मोटरमार्ग स्तरोन्नतिका लागि रु ६ लाख बजेट बाँडफाँड गरिएको छ ।

    म्याग्दे गाउँपालिकास्थित दिर्ग मोटरमार्ग स्तरोन्नतिका लागि रु छ लाख, किरियापुत्री भवन निर्माणका लागि रु तीन लाख, विश्वकर्मा सामुदायिक भवन निर्माणको अधुरो कार्यका लागि रु छ लाख, छाङ थर्पु मोटरमार्ग नाली निर्माणका लागि रु आठ लाख, कुम्लेखोला झोलुङ्गे पुल साउनेपानी मोटरमार्ग स्तरोन्नतिका लागि रु आठ लाख, घरेडी आमा समूह भवनको अधुरो कार्यका लागि रु तीन लाख, डाँडागाउँ भ्युटावरको अधुरो कार्य सम्पन्न साथै पर्यटन प्रबद्र्धनका लागि तालिम सहित नौमती बाजा एवं पोशाक खरिदका लागि रु आठ लाख, बोरीबोट खानेपानी आयोजना निर्माणका लागि रु छ लाख बाँडफाँड गरिएको छ ।

    व्यास नगरपालिकास्थित दरै कृषि सामुदायिक भवन निर्माणका लागि रु आठ लाख, सहिद स्मृति पार्क मर्मत सम्भार एवं सहिदको शालिक निर्माणका लागि रु पाँच लाख, परियार सेवा समाजलाई तालिम सहित नौमती बाजा एवं पोशाक खरिदका लागि रु पाँच लाख बजेट बाँडफाँड गरिएको छ ।