जाजरकोटमा बस दुर्घटना : पॉचको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • कर्णाली

    जाजरकोटमा बस दुर्घटना : पॉचको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १२ मंसिर २०७८, आईतवार

    नेपालगञ्ज : नेपालगञ्जबाट जाजरकोटका लागि छुटेको रात्री बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

    नेपालगञ्जबाट छुटेको ना ६ ख २७५७ नम्बरको बस गए राति २ बजेतिर जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौरमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

    दुर्घटनामा परेर २७ जना घाइते भएका छन्। बसमा ३२ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ।

    दुर्घटना स्थलबाट जाजरकोट सदरमुकाम पुग्न करिब १० किलोमिटर छ। मृतकहरुको सनाखत भइसकेको छैन। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।