दमौली : नेपाली कांग्रेस तनहुँको जारी मतगणनामा सभापतिका उम्मेदवार जितप्रकाश आलेले अग्रता कायमै राखेका छन् ।
६०० मत गणना सकिदा आलेले ३२४ मत प्राप्त गरेका छन् । सभापतिका उम्मेदवार वैकुण्ठ न्यौपानेले २५६ मत प्राप्त गरेका छन् ।
उपसभापतिका उम्मेदवार उदयराज गौलीले २२९, किसान गुरुङले २९३, देवकुमार श्रेष्ठले २८९ र राजेन्द्रकृष्ण श्रेष्ठले ३१६ मत प्राप्त गरेका छन् ।
सचिवका उम्मेदवार केशबहादुर सुनारले २३३, मोहन गिरीले २६४, लक्ष्मीभक्त खनालले ३४२, सहदेव अधिकारीले २८६ मत प्राप्त गरेका छन् ।
सहसचिवका उम्मेदवार धीरेश खनालले २५३, परमेश्वर भट्टराईले २७६, मिलन आलेले ३१२ र हुतमणि अधिकारीले २७४ मत प्राप्त गरेका छन् ।