दमौली : तनहुँमा नेकपा मालेको जिल्ला कमिटी नेकपा एकीकृत समाजवादी पार्टीमा समाहित भएको छ । आइतबार नेकपा मालेका जिल्ला सचिव नरबहादुर रानाभाट सहित १७ सदस्यीय जिल्ला कमिटी एकीकृत समाजवादीमा समाहित भएको हो ।
नेकपा माले एकीकृत समाजवादीमा समायोजन हुने केन्द्रीय निर्णय अनुसार समाहित भएको एकीकृत समाजवादी तनहुँका अध्यक्ष शंकरनारायण श्रेष्ठले बताए । जिल्लासँगै स्थानीय कमिटी पनि एकीकृत समाजवादीमा समायोजन भएको श्रेष्ठले जानकारी दिए ।
२५ कात्तिकमा एकिकृत समाजवादीका महासचिव बेदुराम भुषाल र मालेका वार्ता टोली संयोजक कुलप्रसाद फुँयाल नेतृत्वको टोलीले पार्टी समायोजन गर्ने निर्णग गरेको थियो । दुई पार्टीबीच एकीकरण समायोजन भएकाले जिल्लामा पनि समायोजन गरिएको श्रेष्ठले बताए ।