दमौली : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशको सहमहामन्त्रीमा तनहुँका झुलबहादुर आले उठ्ने भएका छन्। प्रदेश अधिवेशनमा आले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको प्यानलबाट सहमहामन्त्री उठ्न लागेका हुन्।
ऋषिङ निवासी आले संविधानसभा सदस्य हुन् । उनी तनहुँ क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा विजयी भएका थिए ।