नवनिर्वाचित सभापति आलेले भने : सबल काङ्ग्रेस निर्माणको अभियानमा सरिक हुनुस्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नवनिर्वाचित सभापति आलेले भने : सबल काङ्ग्रेस निर्माणको अभियानमा सरिक हुनुस्

    खबरपुञ्ज संवाददाता

    १३ मंसिर २०७८, मंगलवार

    दमाैली : नेपाली काङ्ग्रेस तनहुँका नवनिर्वाचित सभापति जितप्रकाश आलेले सबल काङ्ग्रेस निर्माणको अभियानमा सरिक हुन आग्रह गरेका छन् । मङ्गलबार प्रेस विज्ञप्ती सार्वजनिक गर्दै आलेले एकताबद्ध र सबल तनहुँ काङ्ग्रेस बनाउने अभियानमा सहभागी हुन सबैलाई अनुरोध गरेका हुन् ।

    लोकतान्त्रिक पार्टीमा आवधिक निर्वाचन मार्फत् नेतृत्व चयन हुनुलाई स्वभाविक प्रक्रियाको रुपमा आत्मसात गर्नुपर्ने बुझाई रहेको भन्दै उनले भने, “यस अभियानमा उपविजेताको रुपमा रहनुभएका साथीहरुले पार्टीमा पु¥याउनुभएको योगदानलाई तनहुँ काङ्ग्रेसले आगामी दिनमा उचित मूल्याङ्कन गरी एकताबद्ध र सबल काङ्ग्रेस निर्माणको अभियान चलाउने प्रतिबद्धता गर्दछु ।”

    आलेले अधिवेशन सम्पन्न गर्न सहयोग गर्ने निवर्तमान सभापति वैकुण्ठ न्यौपान लगायतका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरु, निर्वाचन अधिकृत फणिन्द्र कोइराला लगायत मतदान केन्द्र र मतगणनामा खटिने सुरक्षाकर्मी, पत्रकार मित्र लगायत क्षेत्रीय प्रतिनिधिलाई धन्यवाद ज्ञापन गरेका छन् ।