लेवनानमा रहेका नेपाली श्रमिकको सुरक्षा र व्यवस्थापनबारे छलफल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    लेवनानमा रहेका नेपाली श्रमिकको सुरक्षा र व्यवस्थापनबारे छलफल

    खबरपुञ्ज संवाददाता

    १३ मंसिर २०७८, मंगलवार

    काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग लेवनानका अवैतनिक
    महावाणिज्यदूत एल शेख मोहमद गोजायलले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा मङ्गलबार भएको भेटवार्तामा उनीरुबीच लेवनानमा कार्यरत नेपाली श्रमिकहरुको सुरक्षा र व्यवस्थापनको बिषयमा छलफल भयो ।

    मन्त्री श्रेष्ठले नेपाल र लेवनानबीचको सम्बन्ध सुदृढ बनाउन गोजायलले खेलेकाे भुमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे । मन्त्री श्रेष्ठले नेपाल र लेवनान दुवै देश संयुक्त राष्ट्रसंघ, असंलग्न आन्दोलन
    तथा जी ७७ का सदस्य देश रहेकोले विभिन्न बहुपक्षीय तथा क्षेत्रीय फोरमहरुमा एकै किसिमका एजेण्डा हुने गरेको स्मरण गरे ।

    महावाणिज्यदूत गोजायलले लेवनान सरकारले सरकारी स्तरमा श्रम समझदारी पत्रमा हस्ताक्षरका लागि यसअघि गरेको प्रस्तावबारे निर्णय गर्न आग्रह गरेको बताए । लेवनानमा रहेका नेपालीहरुको सुरक्षा तथा समस्या समाधानका लागि श्रम समझदारी पत्रमा हस्ताक्षर गर्न आवश्यक हुने गोजायलले
    बताए । श्रम समझदारी पत्रमा हस्ताक्षर गर्न सरोकारवालाहरुसँग वृहत छलफल गरी छिटो टुङ्गोमा पुगिने मन्त्री श्रेष्ठले बताए ।

    पछिल्लो समय लेवनान नेपाली श्रमिकहरुको लागि राम्रो गन्तव्य मुलुकको रुपमा रहेको छ । नेपाल र लेवनानबीच सन् १९६३ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालले लेवनानमा संयुक्त राष्ट्रसंघ मार्फत शान्तिसेना पनि पठाउदै आएको छ । शान्ति सेनाले त्यहाँ रहेका सीमान्त समुदायलाई सहयोग गर्नुका साथै शान्ति स्थापनाको प्रक्रियामा सहयोग गर्दै आएको छ । भेटवार्ताका क्रममा मन्त्री श्रेष्ठले लेवनानको शान्ति प्रकृया सफलताको शुभकामना पनि दिएका थिए ।