प्रधानसेनापति शर्माद्वारा श्री नम्बर ३ बाहिनीको निरीक्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रधानसेनापति शर्माद्वारा श्री नम्बर ३ बाहिनीको निरीक्षण

    खबरपुञ्ज संवाददाता

    १३ मंसिर २०७८, मंगलवार

    दुलेगाैडा : प्रधानसेनापति प्रभुराम शर्माले तनहुँको खैरेनीटारस्थित श्री नम्बर ३ बाहिनीको निरीक्षण गरेका छन् । मध्यकमाण्ड अन्तर्गतका हिमाली र उच्च पहाडी इलाकाहरुमा अवस्थित युनिटहरुको भ्रमणको सिलसिलामा प्रधानसेनापति शर्माले मङ्गलबार खैरेनीटारस्थित बाहिनीको निरीक्षण गरेका हुन् ।।

    सो क्रममा प्रधानसेनापति शर्माले बाहिनीमा तैनाथी फौजको वर्तमान अवस्था, जिम्मेवारी इलाकामा कमाण्ड अवधारणाको कार्यान्वयन सम्बन्धि प्रगति तथा सामूहिक तालिम सञ्चालनको अवस्था लगायतका विषयमा जानकारी लिएका छन् । साथै शर्माले सकलदर्जाहरुलाई सम्बोधन समेत गरेका थिए ।

    प्रधानसेनापति शर्माले तीन दिनदेखि मध्यकमाण्ड हेडक्वाटर अन्तर्गतका विभिन्न युनिटहरुको निरीक्षण गरेकाे नेपाली सेनाले जनाएको छ । शर्माले मनाङस्थित गुल्म, मुस्ताङको जोमसोमस्थित श्री नम्बर २३ बाहिनी अड्डा र बागलुङस्थित गुल्मको निरीक्षण भ्रमण गरेका थिए ।