दमौली : विश्व एड्स दिवसको अवसरमा बुधबार सॉझ दमौलीमा दिप प्रज्वलन गरिएको छ । एड्सबाट मृत्यु भएकाको सम्झनामा दमौलीस्थित अनसन चाेकमा दिप प्रज्वलन गरिएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख पवित्रा पौडेल, व्यास नगरपालिकाका प्रमुख मिरा जोशी लगायतको सहभागिता थियो।
एड्स दिवसको अवसरमा तनहुँ सहयोगी समूहले विविध कार्यक्रम गर्दै आएको अध्यक्ष श्रीराम कंडेलले जानकारी दिए ।