काङ्ग्रेस गण्डकीमा पौडेल पक्षका शर्मा विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    काङ्ग्रेस गण्डकीमा पौडेल पक्षका शर्मा विजयी

    खबरपुञ्ज संवाददाता

    १८ मंसिर २०७८, आईतवार

    पोखरा : नेपाली काङ्ग्रेस गण्डकी प्रदेश सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल निकट शुक्रराज शर्मा निर्वाचित भएका छन् । आइतबार बिहान सकिएको मतगणना अनुसार शर्मा प्रदेश सभापतिमा निर्वाचित भएका हुन्।

    शर्माले ६१२ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी शेरबहादुर देउवा पक्षका अर्जुनप्रसाद जोशीले ५२८ मत प्राप्त गरेका छन् । एक जना उपसभापति बाहेक सबै पदाधिकारी शर्मा प्यानलका विजयी भएका छन् ।

    उपसभापतिमा कल्पना तिवारी ६२४ र मेखलाल श्रेष्ठ ५५६ मत प्राप्त गरी विजयी भएका छन्। प्रतिस्पर्धी नेत्रबहादुर महतले ४५७ र हरिप्रसाद श्रेष्ठले ५४८ मत प्राप्त गरे । मेखलाल जोशी प्यानलका हुन् ।

    महामन्त्रीमा किरणबाबु श्रेष्ठ ५७३ र विष्णुप्रसाद लामिछाने ५६७ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी कुमार खड्काले ५५६ र इश्वर पाण्डेले४७३ मत प्राप्त गरे ।

    सहमहामन्त्रीमा रमेश पाण्डे ६१८, रामचन्द्र जोशी ५६९ र महिला सहमहामन्त्री कोपिला रानाभाट ५५२ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी झुल बहादुर आलेले ४८८, राजनराज पन्तले ४३१ र ओमकला गौतमले ५१४ मत प्राप्त गरे ।

    गृहप्रदेशमा आफ्ना पक्षका उम्मेदवारले जितेपछि वरिष्ठ नेता पौडेललाई राहत मिलेको छ ।