अनेरास्ववियु गण्डकी प्रदेश कमिटीद्वारा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    अनेरास्ववियु गण्डकी प्रदेश कमिटीद्वारा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण

    खबरपुञ्ज संवाददाता

    १८ मंसिर २०७८, आईतवार

    पोखरा : अनेरास्ववियु गण्डकी प्रदेश कमिटीले प्रदेश सरकारका सरकारी अस्पतालका मेसिनरी औजारहरुलाई बन्धक बनाई संचालन नगर्ने सरकारको नियतप्रति खेद व्यक्त गर्दै नागरिकहरुलाई शोषण गर्ने अभिप्रायका विरुद्ध आवाज उठाउन सबै नागरिक समुदायलाई अपिल गरेको छ ।

    अनेरास्ववियुले प्रदेशको एक मात्र संक्रामक तथा सरुवा रोग अस्पताललाई भर्ती केन्द्रको रुपमा राख्न लागेको भन्दै आपत्ति जनाएको छ । अनेरास्ववियुले उक्त अस्पताललाई कार्यविहिन बनाउन लागेको तथा कर्मचारीविहिन हुन लागेको अवस्थालाई सचेत गराएको अनेरास्ववियु गण्डकिका सचिब आरके पोख्रेलले जानकारी दिए ।
    उक्त समस्या सुधार गर्नुपर्ने भन्दै अनेरास्ववियुले निरन्तर खबरदारी गर्ने प्रदेश संयोजक प्रकाश पौडेलले बताए ।