काठमाडाै । कांग्रेसको सभापति चयनका लागि राष्ट्रिय सभा गृहमा अहिले मतदान भइरहेको छ । अपरान्ह ५ बजेसम्म १३०० मत खसेको निर्वाचन समिति सदस्य एगराज पोखरेलले जानकारी दिए ।
दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच सभापतिका लागि प्रतिस्पर्धा भइरहेको छ ।
पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि धेरै मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणमा निर्वाचन भएको हो ।
पहिलो चरणमा देउवाले २२ सय ५८ र शेखरले १७ सय २ मत प्राप्त गरेका थिए । प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत मात्रै प्राप्त गरेका थिए ।